समाचार

आरती सोप एण्ड भेजिटेबल उद्योगमा १७ घण्टादेखी आगलागी

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित एक उद्योगमा आइतबार रातिबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।


जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा रहेको आरती सोप एण्ड भेजिटेबल (तेल) उधोगमा अाईतवार साँझ ७ बजेबाट आगलागी भएको हो ।

आईतवार साँझ करिब ७ बजेबाट आगो लागेको उद्योगमा हालसम्म पनि नियन्त्रण लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन अझ केही समय लाग्ने बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकासहित वीरगन्जका ३ वटा, हेटौडा उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका , कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका , नेपाल आयल निगम अमलेखगंज लगायत बारा र पर्साका गरी करिब ८ वटा वारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र साहीको कमाण्डमा नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगायको टोलिले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको बताईएको छ ।

उद्योगपति श्याम मुलैयाले सञ्चालन गरेको उद्योगले तेल तथा साबुन उत्पादन गर्दै आएको छ । तेल उत्पादन गर्ने तर्फको कच्चा पदार्थ भण्डारण गृहमा आगलागी भैरहेको सञ्चालकले बताएका छन् ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिको भए पनि वास्तविक विवरण आउन अझै समय लाग्ने प्रहरी प्रमुख उपरिक्षक शाहीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट