खेलकुद

टी-२० सिरिजमा अस्ट्रेलियामाथि न्यूजील्याण्डको विजयी शुरुवात

काठमाडौँ । न्यूजील्याण्ड टुरमा रहेको अस्ट्रेलिया पहिलो टी-२० खेलमा पराजित भएको छ । सोमबार सम्पन्न ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा न्यूजील्याण्डले अस्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको अस्ट्रेलिया १७.३ ओभरमा १३१ रन बनाउदा अल आउट भएको थियो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले सर्बाधिक ४५ रन बनाए भने एष्टन अगरले २३, एडम जाम्पाले १३, माथ्यु वाडेले १२ रन बनाए ।

न्युजील्याण्डका बलर इश सोढीले ४ विकेट लिए भने टिम साउथी र ट्रेन्ट बोल्टले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको घरेलु टोलि न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि डेभन कोनवेले अविजित ९९ रन बनाएका थिए । त्यस्तौ ग्लेन फिलिपले ३०, जेम्स नीशमले २६ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर डानियल साम्स र झे रिचार्ड्सनले २-२ विकेट लिए ।

योजितपछि न्यूजील्याण्ड ५ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । सिरिजको दोस्रो खेल अब फेब्रुअरी २५ मा हुने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *