अर्थ

सोमबार नेप्सेमा ३२ अंकको गिरावट

काठमाडौं । नेप्से ३२ अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज सोमबार भने ३२ दसमलव ६७ अंकले घटेर २६ सय सात दसमलव ६७ बिन्दुमा झरेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि आज नौ दसमलव २२ अंकले घटेर चार सय ७० दसमलव ३६ बिन्दुमा झरेको छ । आज दुई सय सात वटा कम्पनीहरुको ७८ हजार आठ सय ५८ पटकको कारोवारमा दुई करोड १६ लाख १४ हजार चार सय ५२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा किनबेच हुंदा कारोवार रकम आठ अर्ब ४० करोड ६३ लाख १० हजार छ सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युत र अन्य समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी १० वटा समुहको सुचक भने उच्च बिन्दुले घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५२ दसमलव ५५ अंकले घटेर १८ सय ७६ दसमलव ९८ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय आठ दसमलव ५१ अंकले घटेर १२ हजार नौ सय ९६ दसमलव ८५ बिन्दुमा झरेको छ ।

यि बाहेक बिकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ सय ६० रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिभिल बैकको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव ४६ प्रतिसतले घटेर दुई सय ४६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता नौ सय १९ रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ४८ लाख ५३ हजार आठ सय ९८ रुपैयाँमा कारोवार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट