समाचार

बाह्रबिसेमा नेविसंघको विरोध प्रदर्शन

बाह्रबिसे । नेविसंघ शारदा मावि ईकाइ समिति बाह्रबिसेले बलात्कार, हत्याहिंसा, भ्रष्टाचार, मुल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ । बाह्रबिसे प्राथमिकता स्वास्थ केन्द्रको आँखा केन्द्रको कर्मचारी झापाका पुजन राई विगत ३ महिनादेखि बेपत्ता छन् । उनको खोजी नगरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराउन विद्यार्थीले बाह्रबिसे बजारमा विरोध -याली निकालेको नेबिसंघ क्षेत्रीय सभापति एवम अरनिको कलेज स्ववियु सभापति हेमन्त श्रेष्ठले जानकारी दिए ।

नेबिसंघका नेता राजगोपाल श्रेष्ठ र उमेश श्रेष्ठको उपस्थितिमा हातमा ब्यानर र विभिन्न नारा लेखीयको प्लेकाड बोकी बजार परिक्रमा गरेको थियो । बिरोध प्रदर्शनमा क्षेत्रीय सभापति श्रेष्ठले देशमा दिनप्रति दिन बलात्कार हत्याहिंसा भ्रष्टाचार र मुल्यवृद्धिले जनताको डाँढ सकेको बताए । उनले सर्वसाधारणको जीवनयापनमा समस्या आएको र चेलीबेटीलाई खुलेआम हत्या हुँदा कम्युनिष्ट सरकार झन प्रोत्साहन गर्नतर्फ लगेको हुँदा बिरोध गर्नुपरेको बताए ।

बाह्रबिसे नगरपालिकामा आजकाल अपराध बदी रहदा रहदै झापा जिल्लाको पुजन राई बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रको आँखा केन्द्रका कर्मचारी विगट ३ महिनादेखि हराँउदा नगरको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । क्षेत्रीय सभापति श्रेष्ठले भने, ‘राईको खोजीकार्य गरी न्यायको लागि नेविसंघले बिरोध प्रदर्शन गरेको हो ।

बिरोध प्रदर्शनमा बाह्रबिसे बजारको राम्चेस्थित अस्थायी प्रहरी चौकी आगदी कोण सभामा समितिको सभापति निश्चल श्रेष्ठ र उपसभापति रिस्ता नेपालले सबै विद्यार्थीहरूलाई धन्यवाद दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *