
काठमाडौं । संस्कार समाज नेपालले कास्कीको पर्यटकीय स्थल घान्द्रुकको दलित वस्तीमा न्यायो कपडा वितरण गरेको छ । असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ भन्ने मुल उदेश्य बोकेर तीन वर्ष पहिले स्थापना भएको संस्कार समाज नेपालले कास्कीको अन्नपूर्ण गाउँपालिकाको १० नं वडामा न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा समाजकी अध्यक्ष एवम् समाजसेवी पशुपति गुरुङले आफ्नो बुबाआमाको सम्झनामा न्यानो कपडा वितरण गरेको जानकारी दिनुभयो । तीन वर्षदेखि जनचेतनामुलक कार्यक्रम गर्दै आएको सो संस्थाले कोभिड १९ को समयमा राहत समेत वितरण गरेको थियो ।
झण्डै २६ बर्ष पछि आफ्नो जन्मगाउ फर्किनु भएको गुरूङको सामाजिक कार्यको स्थानियहरूले खुलेर प्रशंसा गरेका छन् । उहाँले असल संस्कार भएमात्र मुलुक र गाउँ सम्पन्न बन्ने भन्दै असल संस्कार निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।