समाचार

छात्रा कुट्ने प्रधानाध्यापक पक्राउ

कञ्चनपुर ।विद्यार्थीमाथि कुटपिट गर्ने भीमदत्त नगरपालिका–९ मटेनाको बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्कसिंह बिष्ट पक्राउ परेका छन्।

सोमबार प्रधानाध्यापक बिष्टले खेल नखेलेको भन्दै कक्षा ९ मा अध्ययरत मनिषा नाथमाथि लाठी प्रहार गरेर घाइते बनाएका थिए। पीडितको उजुरीपछि अनुसन्धानका लागि प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए।


शिक्षकको कुटाइबाट घाइते भएकी छात्रा अहिले महाकाली अस्पतालमा उपचाररत छिन्। उनको टाउकोमा चोट लागेको छ।

प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएपछि मंगलबार विद्यालयमा अवस्था तनावग्रस्त बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *