
वेष्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि श्रीलंका टोलीको घोषणा भएको छ ।
श्रीलंकाका खेलकुदमन्त्री नमल राजापक्षाले श्रीलंका क्रिकेट बोर्डलाई वेष्ट इन्डिज भ्रमणका लागि अनुमति दिएपछि टाेलीकाे घाेषणा गरिएकाे हाे ।
कोरोना पोजेटिभ पाइएका श्रीलंकन तीव्र गतिका बलर लाहिरु कुमाराको स्थानमा सुरंगा लकमललाई टोलीमा समावेश गरेको छ ।
श्रीलंकाले वेष्ट इन्डिज भ्रमणका क्रममा तीन–तीन खेलको टी–२० र एकदिवसीय क्रिकेट ९३ मार्चदेखि १४ मार्चसम्म० खेल्दै सुरु गर्नेछ भने २१ मार्चदेखि दुई टेष्टको सिरिज सुरू हुनेछ ।