मनोरञ्जन

रवि लामिछानेको ‘ग्यालेक्सी फोरके’ टिभीमा राजेश हमाल, दीपकराज गिरी, विजयकुमारसम्मले कार्यक्रम चलाउने

काठमाडौं । नेपाली टेलिभिजन इतिहासमा नयाँ टेलिभिजन स्थापना भएको छ । सञ्चारकर्मी रवि लामिछानेको पहलमा ‘ग्यालेक्सी फोरके’ टिभी च्यानल स्थापना भएको हो ।

मंगलबार मेरियट होटलमा आयोजित एक कार्यक्रममा नयाँ टिभी च्यानलको घोषणा गरियो । रवि लामिछाने टिभीको म्यानेजिङ डाइरेक्टर र छवि जोशी अध्यक्ष छन् ।

‘ग्यालेक्सी फोरके’ टिभी च्यानलमा मनोरञ्जनात्मक, सिर्जनात्मकता र आविष्कार जस्ता कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, टक शो र रियालिटी शो पनि ग्यालेक्सी फोरकेमा आउने भएका छन् ।

प्रायः भारतीय टेलिभिजन च्यानलमा आएका फ्रेन्चाइज कार्यक्रम ‘ग्यालेक्सी फोरके’ टिभी च्यानलमा देखाइने भएको छ । जसमा रामायण टेरिसिरियल आउने भएको छ ।

यस्तै, अभिनेता राजेश हमालले ‘को बन्छ करोडपति’, दीपकराज गिरीले ‘क्राइम पेट्रोल नेपाल’, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले होस्ट गर्ने ‘सारेगम लिटिल च्याम्प्स, रमेश प्रसाईको ‘लालमोहर’, महावीर पुनले ‘आविष्कार’, कवि नवराज ढकालको ‘फोरइभर’, रवि लामिछानेले ‘सिधा कुरा…’, ‘द लिडर’ र ‘कामका कुरा’ चलाउने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *