समाचार

हामी नयाँ युद्धमा छौं : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले आफूहरू नयाँ युद्धमा रहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको भन्दैै यो शान्तिपूर्ण युद्ध हो, अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको बताएका हुन् ।

उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने पनि विश्वास व्यक्त गरे । धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको प्रचण्डले आरोप लगाए ।

जनताले प्राप्त गरेका उपलब्धि अपहरण गर्ने अपहरणकारीहरुले राज्यको शक्ति प्रयोग गरेर दमन गर्न खोजे पनि आफूहरु त्यसविरुद्ध पुस ५ गतेदेखि देशव्यापी युद्धमा रहेको उनले चेतावनी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *