रिबन

सुरक्षा परिषद् बैठकमा विप्लपको समीक्षा

काठमाडौं । प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक बस्यो । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि समीक्षा र आसन्न निर्वाचनमा सुरक्षा व्यवस्थाबारे गम्भीर छलफल भएको बताइएको छ ।

चन्द समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दा उत्पन्न हुने परिस्थिति र निर्वाचनमा कसरी मर्यादित र सुरक्षित गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ । कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका थिए ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूूर्णचन्द्र थापा सहभागी भएको मन्त्रालय स्रोतले जनाएको छ । नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *