
अफगानिस्तानमा मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ ।
भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड पाँच लाख डोजबाट खोप अभियान सुरु भएको हो । अफगान सरकारकाअनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ ।
राष्ट्रपति अश्रफ घानीले खोप अभियान सुरु गर्दै पहिलो चरणको खोप अभियान सुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।
अफगानिस्तानमा करिब ५५ हजार ६ सय व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४ सय ३० जनाको मृत्यु भएको थियो ।