
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ३९ महिला र ७१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६५ पुगेको छ।
पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ।