अर्थ

नेप्से : २१ अंकले घट्दा आठ अर्ब ५६ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च गिरावटले आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन घटेको नेप्से आज पनि २१ दसमलव १६ अंकले घटेर २५ सय ८६ दसमलव ५१ बिन्दुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ४१ अंकले घटेर चार सय ६७ दसमलव ९४ बिन्दुमा झरेको छ ।


दुई सय पाँच वटा कम्पनीहरुको ८३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड ७७ लाख १४ हजार नौ सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार चार सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये ट्रेडिङ समुहको सुचक सामान्य अंकले बढेको छ भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ७२ अंकले घटेर १८ सय ६९ दसमलव २७ बिन्दुमा झर्दा बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९३ प्रतिसतले बढेर तीन सय २१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मुल्य भने १० प्रतिसतले घटेर पाँच सय ९४ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ९४ रुपैयाँ अन्तिम मुल्यमा ७३ करोड ९४ लाख ५२ हजार पाँच सय १८ रुपैयाँको कारोवार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *