समाचार

सर्वोच्चले संविधानको रक्षा गर्‍यो : प्रवत्ता श्रेष्ठ

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगाएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरी प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै संविधानले दिएको ऐतिहासिक जिम्मेवारीलाई गहिरोसँग बोध गरेको बताएका हुन् ।

उनले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट