रिबन

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् । आफूले सुरुदेखि नै सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्ने भन्दै आएको भन्दै सभापति देउवाले सर्वोच्चले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको बताए ।

प्रतिनिधिसभा पुनस्थापनाको फैसलापछि ट्वीट गर्दै उनले सर्वोच्चले संवैधानिक दायित्व पूरा गरेको बताएका छन् । ट्वीटमा भनिएको छ, ‘संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ ।’

उनले प्रतिनिधिसभा पुनस्थापनाको निर्णयप्रति संवैधानिक इजसालका न्यायाधीशहरुलाई धन्यवाद दिएका छन् ।

सभापति देउवाको ट्वीट:
सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थियो । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।
जय नेपाल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट