ताजा समाचार

वामदेवले भने, प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ, सचिवालय बैठक बोलाऔं

काठमाडौं । नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले तुरुन्त पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा विभाजनपछि ओली र प्रचण्ड–माधव समूह दुवैतिर नलागी एकता अभियान चलाएका गौतमले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट बुधबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने र पार्टी सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

तर, गौतम कुनै पनि समूहमा नलागेकाले उनको मागको सुुनुवाइ कसले गर्ने भन्ने टुंगो छैन । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि अविलम्ब प्रतिनिधिसभा बैठक आह्वान गर्न माग गरेका छन् ।

‘सम्माननिय राष्ट्रपति महोदयले प्रेस विज्ञप्तिवाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्छ, प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ र नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क केपी ओली र प्रचण्डसंग तुरुन्तै सचिवालय वैठक धुम्वाराहीस्थित के।कार्यालयमा वोलाउन अनुरोध गर्छु,’ वामदेवले विज्ञप्तिमा भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट