शिक्षा / स्वास्थ्य

थप ११२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप ११२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३४११ जनाको गरिएको पीसीआर परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ८४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार २ सय २३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट गत २४ घण्टामा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २७६७ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट