अर्थ

कृषि विकास बैंक र मेगा बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । दुई ओटा कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कृषि विकास बैंक र मेगा बैंक नेपालको बोनस शेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१ दशमलव शून्य ४ कित्ता र मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५ दशमलव ४१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कृषि विकास बैंकले पुस २७ गतेको साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी मेगा बैंक नेपालले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट