समाचार

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौँ ।राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । मंगलबार सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने गृहकार्य गरेका छन् । यसकै लागि उनी आज राष्ट्रपतिसँग सल्लाह गर्न शीतलनिवास पुगेका हुन् ।


अब सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधिसभाको बैठक बोलाइ सक्नु पर्ने बाध्यता छ ।नेकपाको ओली समूहले बुधबारको बैठकले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *