समाचार

चैनपुरमा पत्रकारिता तालिम


संखुवासभा । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा रेडियो उद्घोषण तथा खोजमुलक पत्रकारिता तालिमको उद्घाटन गरिएको छ ।

लोकतान्त्रिक सामुदायिक सिकाई केन्द्र र सिद्धकाली सिकाई केन्द्रको संयुक्त आयोजनामा सञ्चालनगरिने तालिमको उद्घाटन गर्दै चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाले सञ्चार क्षेत्रमा युवाहरुको चाहना बढेपनि देशको चौथो अंगको रुपमा रहेको यो पेशा मर्यादित बनाउन नसक्नु दुःखको कुरा भएको बताउँदै पीत पत्रकारिताभन्दा माथि उठेर यो पेशा अपनाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उद्घाटनकै अवसरम प्रमुख ढकालले भने सिकाई केन्द्रद्वारा आयोजना गरिएको यो कार्यक्रम महत्वपूर्ण भएको बताउँदै खोजमुलक पत्रकारिता पेशा अपनाउन सहभागिहरुलाई अनुरोध गरे । यसैगरी कार्यक्रममा चैनपुरन नगर शिक्षा शाखाका प्रमुख कमल गौतमले सूचना र सञ्चारको माध्यमबाट जनताहरुलाई सू–सुचित गर्दै विकासको बाटोमा अघिबढ्न यो पेशा महत्वपूर्ण रहेको बताए । यसैगरी कार्यक्रममा सरस्वती मावि चैनपुरका अध्यक्ष नलकुमार खत्रीले समेत उद्घाटकार्यक्रमलाई अग्रज पत्रकारहरु अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार धनकुटा निवासी हरीबहादुर रम्देल, यसैगरी रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी बलराम दाहालले सहभागीहरुलाई प्रशिक्षण दिइरहका छन् ।

तीन दिनसम्म सञ्चालन हुने आवसिय सो तालिममा ३२ जना युवा युवतीहरु सहभागि रहेका छन् । सो तालिमको अध्यक्षता लोकतान्त्रिक सामुदायिक केन्द्र चैनपुर ५ का अध्यक्ष कुमारबाबु अधिकारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने तालिममा डेढ दर्जन युवतीहरु र १ दर्जन युवाहरुको सहभागिता रहेको तालिमको व्यवस्थापकिय जिम्मा लालिगुँरास साप्ताहिकपत्रिका चैनपुरले संयोजन गरेको लोकतान्त्रिक केन्द्रका परिचालक चन्द्रकुमारी पौडेलले बताए ।


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *