कला/साहित्य

तन्का कविता


१,
काँडाले घोचो
गहिरिएर छिरेँ
जिस्किन खोज्ने
ढुक्क्सँग निदाएँ
पासो थापेको बुझेँ ।
२,
सजिलो मान्छे
निदाउने बहाना
बिर्सिदै पिएँ
चट्याङ चिरिएछ
भत्केको कालो पाखो ।
३,
विश्वास खोज्दा
जिब्रो निकाल्दै गयौ
अबेरसम्म
रात लुकिसकेछ
खाट्मुनि कुदेको ।
४,
तिमी सम्झिँदा
भरिएको जवानी
पोखिन खोज्ने
धोकै धोकाको पोको
फाटेको बैँस बोक्दै ।
५,
माटोको भाँडो
अँध्यारोमा ठोक्किँदा
जाँडको थुप्रो
पानी झरेछ आफै
मुखै जोडेर सुत्दा ।
६,
नाङ्गो पाखुरा
लामखुट्टेको टोकाइ
तेजिलो आँखा
तिमीभित्रको राप
पोखिएछ बाहिरै ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *