मुख्य समाचार

कमल पोखरीमा कंक्रिटको संरचना नागरिक अभियन्ताले भत्काए

काठमाडौं । कमलपोखरीमा कंक्रिट प्रयोग गरेर बनाइएका संरचना आज नागरिक अभियन्ताले भत्काएका छन् ।

मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेकोमा बृहत नागरिक आन्दोलनका अभियन्ताले संरचना भत्काएका हुन् । संरचना भत्काउने क्रममा प्रहरी र नागरिक अभियान्तबीच धकेलाधकेल समेत भएको छ ।

उनीहरुले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको विरोधमा नाराबाजी समेत गरेका छन् ।

अभियन्ता नारायण वाग्ले, आलोकसिद्धि तुलाधर, राजेन्द्र महर्जनलगायत ४०–५० जनाको समूह संरचना भत्काउन कमल पोखरी पुगेको थियो । नागरिक अभियन्ताले कंक्रिट नराख्न माग गर्दै आएका थिए ।

नागरिक अभियन्ता नारायण वाग्लेले संविधानले माटोको सुरक्षा गर्नु भन्दाभन्दै स्थानीय सरकारले मास्न लागेको आरोप लगाएका छन्।

सम्पदा अभियनता गणपतिलाल श्रेष्ठले स्थानीय सरकारले जबरजस्ती ऐतिहासिक सम्पदालाई मासेर व्यापारीकरणतर्फ लागेको बताए। महानगरपालिकाले पोखरी पुनर्निर्माण सुरु गरेदेखी नै चर्को विरोध भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *