कला/साहित्य

सेडोका कविता

१,
बेरोजगारी
भोकले सताउँदा
पटुकाको सहारा ।
भोको पेटमा
सम्झँदै हसुरेको
स्वादिलो परिकार ।
२,
बेइज्जतीमा
अपहेलित मन
एक्लिएको आफैँमा ।
थाम्दै इज्जत
विचार फराकिलो
बटुलिएको साथी ।
३,
लोभी नजर
फूलको सुगन्धमा
बन्यो लठ्ठै भमरा ।
रङ्गिन दृश्य
स्पर्श गर्ने रहर
खोजेको नजिकिन ।
४,
छोटो समय
हतारिँदै दौँडदा
मुटुको चाल ह्वात्तै ।
बुझेर हेर्दा
बठ्याइँ गर्ने मन
निम्तिएको तनाब ।
५,
मौका मिल्दामा
उत्तेजित भइन्छ
आत्तिन पुग्छ मुटु ।
हाम्रो जीवन
छुटेको रेल बन्दै
तड्पिएको झझल्को ।
६,
सङ्कट पर्दा
दु:खेको राष्ट्रियता
सबै मिल्दा एकता ।
गाँस्दै मित्रता
सम्झेको जन्मभूमि
जोडिएको भावना ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *