फिचर

कर्मशील व्यक्ति यादव: जसले निगमको साखलाई अझ उँचो बनाए

काठमाडौँ ।‘सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ । यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन् । त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन् । आम नागरिकको दैनिक जनजीवनमा गहिरो प्रभाव पार्न पनि सक्दैनन् ।”    
    
 केही व्यक्तिका बुझाइजस्तो सबै सार्वजनिक संस्था त्यस्ता छैनन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकमलगायत संस्थाले पछिल्लो समय आफूलाई अब्बल प्रमाणित गरिदिएका छन् ।    
    
 तिनै निकायका कर्मचारी जो जिम्मेवारीमा आएसँगै आफूलाई खरो उतार्दै संस्थानको साखलाई तल पर्न दिएका छैनन् । जनताको सेवामा तल्लीन र सुधारमा केन्द्रित छन् । सरकारको पूर्ण स्वामित्वमा रहेको निगमभित्र पनि केही यस्ता व्यक्ति छन्, जसले आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर परिणाम निकाल्न सफल भएका छन् । निगमका तिनै कर्मशील मध्येका एक हुन – प्रदीपकुमार यादव । उनले जहाँ जुन जिम्मेवारी पायो त्यसलाई कर्म सम्झेर इमान्दारिताका साथ फत्ते पार्दै आएका छन ।    
    
 अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको नेतृत्व गरेका उनी निगमको वाग्मती प्रादेशिक कार्यालयको प्रमुखको जिम्मेवारीसँगै डिपो व्यवस्थापनका साथै सेवाप्रवाहलाई चुस्त पार्न लागि परेका छन । निगमको दूरगामी महत्वका योजनाको सफल कमाण्डरका रुपमा चिनिएका उनले अहिले पनि सुधारको पाइला तीव्र गतिमा चलिरहेका छन ।     
    
 पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौँसम्म ट्याङ्करबाट तेल ओसारपसार गर्नुपथ्र्यो । नेपाली ढुवानी व्यवसायीले भारतमा निकै समस्या र पीडा झेल्नुपर्यो । चेकजाँच, भन्सार जाँचपासलगायतका समस्याले समय र श्रमको निकै खर्च हुन्थ्यो । यसमाथि नेपाली ट्याङ्कर चालकमाथि भारतीयको व्यवहार पनि त्यति राम्रो हुँदैनथ्यो ।    
    
 मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजना सम्पन्न भएपछि ढुवानी व्यवासयीका समस्या त समाधान भएका छन् । निगमलाई पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै व्यवाधान भएको छैन । नेपालमा माग हुने डिजेलमध्ये अधिकांश पाइपलाइनबाटै आउँछ । भारतीय सीमा नाकाभन्दा ३६ किलोमिटर वर अमलेखन्जबाट मुलुकका अधिकांश स्थानमा डिजेलको आपूर्ति हुने गरेको छ ।    
    
 निगमको इतिहासमै महत्वपूर्ण मानिएको यस परियोजनाको नेतृत्व गर्ने व्यक्ति यादव नै हुन। पाइपलाइनबाट डिजेल आउन थालेको डेढ वर्ष बितिसकेको छ । यसबाट ढुवानीबापतको अर्बौ रकम जोगिएको छ । पाइपलाइन परियोजना सम्झिँदै उनी भन्छन, “पाइपलाइनको परियोजना पूरा गर्न निकै चुनौतीपूर्ण थियो । त्यो सफलतापूर्वक सकियो । यस्तो परियोजनामा काम गर्न पाउनु एउटा अवसर र गौरवको कुरा पनि हो, जुन मैले पाएँ ।” देशकै सबैभन्दा ठूलो डिपो अमलेखगञ्जको प्रमुख हुन निकै चुनौतीपूर्ण मानिन्छ ।    
    
 भारतबाट हुने आयात व्यवस्थापन मात्रै नभएर आन्तरिक आपूर्ति व्यवस्थापनमा पनि निकै चाप हुने भएकोले यो ठाउँको नेतृत्व गर्नेलाई दिनरात फुर्सद हुँदैन । आपूर्ति व्यवस्थापनमा अलिकति मात्रै समस्या आउँदा पनि देशभर अभावको सिर्जना हुने भएकाले त्यसलाई विशेष ध्यान दिनुपथ्र्यो । त्यसमाथि पाइपलाइन निर्माणमा समय दिनुपर्दा त्यतिबेला कामको निकै नै चाप हुन्थ्यो । यसलाई अवसरकै रुपमा लिएर उहाँले दिनरात नभनी आफूलाई त्यसमा केन्द्रित गरेका थिए ।    
    
 तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएसँगै निगम व्यवस्थापनले यादवलाई वाग्मती प्रादेशिक कार्यालयको प्रमुखका रुपमा काठमाडौँको थानकोट डिपोको जिम्मेवारी दियो । आफू जहाँ रहे पनि निगम र जनताको पक्षका काम गर्नुपर्छ भन्ने भावना बोकेका उनले थानकोट डिपोमा पनि सुधारको प्रयत्न थाले, जुन अहिले पनि जारी छ ।    
    
 उनलाई निगमले गत चैतमा थानकोट डिपोको प्रमुखको जिम्मेवारी दिएको थियो । डिपो प्रमुखका रुपमा थानकोट छिर्दा नियमित कामकारबाही भइरहेकै थियो । व्यवस्थापन चित्तबुझ्दो थिएन । पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कको अव्यवस्थित पार्किङ, डिपोसम्म पुग्ने सडक धुलाम्मे, ट्याङ्करको अव्ववस्थित आवागमनले स्थानीयले समेत झर्को मान्ने अवस्था थियो ।    
    
 अत्यन्त धेरै इन्धन खपत हुने राजधानीका साथै आसपासका जिल्लामा इन्धन आपूर्ति त्यही डिपोले नै गर्नुपथ्र्यो । उनले भने, “अति प्रज्वलनशील पदार्थ भएकाले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता छ । यसैले सकेसम्म ३ बजेभित्रै ट्याङ्कर छुट्यो भने ५ बजेभित्रै पम्पमा तेल पुग्छ । यतिबेला ६ बजेसम्म पनि डिपोबाट ट्याङ्कर छुट्ने नसक्ने अवस्था थियो । त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पथ्र्यो ।”    
    
 समस्या तिनैमात्र थिएनन् । डिपोको आन्तरिक सुरक्षाको स्थिति पनि नाजुक थियो । दैनिक करिब ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको वितरण हुने त्यो डिपोलाई सामान्य तारबारले घेरिएको थियो । डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउनेलगायत कामका लागि लामो लाइन बस्नुपर्ने अवस्था थियो । भद्रगोलका बीच प्रमुख यादवको सुधारका योजनाको पाइला अगाडि बढ्दै गए । झण्डै एक वर्षको अन्तरालमा धेरै समस्या समाधान भएका छन् । केही योजना प्राथमिकताका साथ अगाडि बढेका छन् । पेट्रोलियम ढुवानीमा संलग्न जो कोहीले पनि डिपोमा गरिएको सुधारको अनुभूतिसमेत गर्न थालिसकेका छन् ।    
    
 ट्याङ्करको अत्याधिक चाप हुने उक्त डिपोमा रहेको पार्किङ समस्यालाई व्यवस्थित पारिएको छ । निगमकै स्वामित्वमा रहेको ३९ रोपनी जग्गाको सदुपयोग गरेर झण्डै ३०० टयाङ्कर अट्न सक्ने पार्किङ बनाइएको छ । इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको संख्या दोब्बर बनाइएको छ । यसका कारण तेल भर्न टयाङ्करहरु लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।    
    
 पहिले पेट्रोल भर्ने दुई र डिजेल भर्ने दुई वटा प्वाइन्ट रहेकामा अहिले डिजेल भर्ने प्वाइन्ट छ वटा बनाइएको छ । “अहिले बिहान १० बजेदेखि लोडिङ सुरु हुन्छ । साढे २ देखि ३ बजेसम्म सकिइसक्छ । यसो हुँदा ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुन्छ । राती हुँदैन”, उनले भने।    
    
 पेट्रोलियम राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो । तर थानकोट डिपोकै सुरक्षा गतिलो थिएन । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै डिपो घेर्ने पक्की पर्खाल लगाइएको छ । यसअघि सामान्य तारजालीले डिपोलाई घेरिएको थियो । ३७० मिटर लम्बाइ र ११ फिट उचाइको पर्खाल लगाइएको उनले बताए। पर्खालमाथि सुरक्षाको लागि फलामे काँडेतार लगाइएको छ । उता डिपोको सुरक्षामा खटिने नेपाली सेनाको आवासका लागि पनि निगमले छुट्टै भवनसमेत बनाउँदैछ ।    
    
 त्यसो त, गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरिदिएको छ । डिपोको गेट नजिक रहेको सार्वजनिक बाटो र निगमको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ । डिपोदेखि नवनिर्मित पार्किङसम्म जाने भागलाई समेत आफ्नै खर्चमा व्यवस्थित गरिएको निगमले जनाएको छ । कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो प्रमुख यादव दाबी गर्छन । सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर ‘क्यु-मेसिन’ राखिएको छ लाइन बस्न नपरोस् भनेर ‘क्यु-मेसिन’ राखिएको छ  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *