धर्म/सस्कृति

सालिक

इतिहासको गर्भमा लुकेको मान्छे
सालिक बनेर झुल्किएको छ चोकमा
अनगिन्ती पदचाप बिसाएर सिरानीमा
ऊ एक युगको मालिक भएर उभिएको छ
सायद सामरिक विजेता थियो ऊ कुनै सङ्कटमा
सामाजिक प्रतिष्ठा थियो ऊ कुनै विपत्मा
लाग्छ, कष्टकर हिरासत भोगेको
बिरासत हो ऊ एउटा
त्यसैले ओठमा उसको
रमरम हाँसो रमाएको छ
उसले आफ्नो कन्चटमा
इमान र मान फर्माएको छ
किनकि ऊ एउटा सालिक बनेर उदाएको छ
भुल्नै नमिल्ने विशिष्ट प्रतिमूर्ति ऊ
अनुपम प्रताप बनेर उतारिएको छ
समयका शोक र चोट बढारेर सिनित्तै
चौडा आकाशको ओत र, छहारीमा ऊ
पुरुषार्थ भएर सजिएको छ
राखेर जुन र घाम सधैँ सिरमा
जीवन्तता खातिर रत्नहार कहलिएको छ
सायद बिर्सनै नसकिने स्तुत्य हो ऊ
त्यसैले महान् सङ्कल्प र उद्घोष भएको छ ।
……………….. …………………

पदम दाहाल मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *