गण्डकी प्रदेश

गुरुङद्वारा पितृको नाममा ७ लाख १९ हजार ३ सय प्रदान

काठमाडौं । वरिष्ठ समाजसेवी पशुपति गुरुङले आफ्ना पितृहरुको नाममा सामाजिक संघसंस्थाहरुलाई ७ लाख १९ हजार ३ सय रुपियाँ सहयोग प्रदान गरेकी छन् । ९ महिनाको अन्तरालमा आफ्ना मातारपिता गुमाउन पुगेकी गुरुङले मातापिताको सही कामको अनुशरण गर्ने निष्कर्शसहित आफ्ना स्वर्गिय पिता दुर्गाबहादुर गुरुङको पुण्य तिथीका अवसरमा सामाजिक कार्यमा संलग्न विभिन्न समूहलाई आर्थिक सहयोग प्रदान गरेकी हुन ।

एक वर्षको अन्तरालमा आमा चिसकुमारी गुरुङ र पिता दुर्गा बहादुर गुरुङ स्वर्गवास हुनु भएकोमा उहाँहरुकै नाममा सामाजिक संस्थाहरुलाई सहयोग गरेको गुरुङले बताइन । समाजका लागि केही योगदान गर्न सके आफ्नो पितृहरुलाई सच्चा श्रद्धाञ्जली हुने सोच अनुसार उक्त सहयोग प्रदान गरेको पनि गुरुङले बताईन ।

संस्कार समाज नेपालको संस्थापक अध्यक्ष तथा अध्यक्षसमेत रहेकी गुरुङले लाली गुराँस आमा समूह घान्द्रुकलाई रु। ७५ हजार ८ सय, संस्कार समाज नेपाललाई रु। ५ लाख ६३ हजार ५ सय, क्षेता चेलिबेटी समूहलाई रु। ६० हजार र सिमपानी समाज पोखरालाई रु। २० हजार गरी जम्मा २ लाख १९ हजार ३ सय रुपियाँ सहयोग प्रदान गरेकी हुन ।

परिवारको तर्फबाट यो सहयोग प्रदान गरेको अध्यक्ष गुरुङले बताईन । साथै संस्कार समाज नेपालमा रु ५ लाखको अक्षयकोष स्थापना गरी हरेक वर्ष सामाजिक क्षेत्रमा कार्य गर्नेहरुलाई पुरस्कृत तथा अभिनन्दन गर्ने योजना रहेको गुरुङले बताईन ।

स्मरण रहोस्, हालै पशुपति गुरुङकै सहयोगमा घान्द्रुकमा परियार बस्तीमा न्यानो कपडा वितरण तथा डे केयर सेन्टर घान्द्रुकलाई किचन सामग्री प्रदान गरिएको थियो । त्यस्तै आफूले अध्ययन गरेको विद्यालयलाई गुरुङले विपन्न परिवारको पठन, पाठनका लागि रु ५ लाखको अक्षयकोष प्रदान गर्नु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *