
काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित आज सर्वोच्च अदालत पुग्दैछन् । उनी आइतबार बिहान ११ बजे सर्वोच्च जान लागेका हुन् ।
प्रचण्डविरुद्ध अदालतको अवहेलनाको मुद्दा दर्ता भएको थियो । अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका थिए। प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ ।
यसअघि, प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ । ओली र चार पूर्वप्रधानन्यायाधीशले सवोच्चमा लिखित जवाफ पेस गरिसकेका छन् ।