समाचार

पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भएपछि नैतिक संकटमा परेका प्रधानमन्त्री केपी ओलीले फेरि देश दौडाहा थालेका छन् । फागुन ११ गतेअघिसम्म उनले चुनावलाई लक्षित गर्दै देशका विभिन्न सहरमा आयोजना भएका आमसभालाई सम्बोधन गरेका थिए ।

त्यसकै निरन्तरताका लागि ओली आज पोखरा जाँदैछन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन, पोखरा रङ्गशालाको निरीक्षण र भवन शिलान्यास ओली पोखरा जान लागेका हुन् ।

उनले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।
यस्तै प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको निरीक्षण गर्नेछन् ।

आइतबार मात्रै ओलीले झापामा औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए । आफ्नो सरकारका पालामा विकासका धेरै काम भएको देखाउन ओली शिलान्यास र उदघाटन अनि निरीक्षणमा निस्कन लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *