मुख्य समाचार

प्रतिनिधिसभा बैठक फागुन २३ गते ४ बजे

काठमाडौं । सरकारले आगामी फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसअघि प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने बताइए पनि सरकारले कुनै निर्णय गरेको थिएन । तर, आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मिति र समय नै तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सम्भवतः आजै संसद् बैठक आह्वान गर्ने भएकी छन् । सरकारले फागुन २३ गते अपराह्न ४ बजे बैठक बोलाउने निर्णयसहितको सिफारिस गरेको संघीय मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिए ।

गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश गरेको थियो । सोअनुसार फागुन २४ गतेसम्म बैठक बोलाइसक्नुपर्ने हुन्छ । यसपटकको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने बताइएको छ । पुस ५ गते दर्ता भएको अविश्वासको प्रस्तावले वैधता पाउने नपाउने अझै एकिन भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *