खेलकुद

टी-२० क्रिकेटः चैतमा महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला महिलाको टी-२० क्रिकेट प्रतियोगिताको आयोजना गर्दै छ । उक्त प्रतियोगिता आगामी चैतमा आयोजना हुने क्यानले जनाएको छ ।

क्यानले (राखेप)को कार्यक्रम अनुसार गत पुसमा दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आयोजना गरेको थियो । सो खेलमा प्रदेश १ ले विभागीय टोली एपीएफको वर्चस्व तोड्दै उपाधि हात परेको थियो ।

क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा यही फागुन २२ देखि ९ गतेसम्म टी(यू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा पुरुषको मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र काठमाडौं महानगरपलिकाको एक टिम गरी ५ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । पुरुषको मेयर कप सकिएपछि क्यानले महिलाको पनि त्यस्तै खालको प्रतियोगिता गर्ने तयारी गरेको हो ।

महिला प्रतियोगिता ५ टिमले प्रतिस्पर्धा गर्नेछन् र टी-२० फर्म्याटमा खेल खेलाइने बताइएको छ । २२ गतेदेखि सुरु हुने पुरुष मेयर कपकै बेला महिला प्रतियोगिताको बारेमा थप जानकारी सार्वजनिक हुनेछ ।

आगामी सेप्टेम्बरमा नेपालको महिला टिमले टी-२० विश्वकपको एसियाली छनोट खेल्ने तालिका छ । मलेसियामा हुने भनिएको उक्त छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यद्यपि उक्त छनोट प्रतियोगिता सर्न सक्ने सम्भावनासमेत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *