समाचार

पशुपति आर्यघाटमा निःशुल्क दाउरा उपलब्ध गराइने मन्त्री आलेको घोषणा

काठमाडौं।वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्नका लागि आवश्यक पर्ने दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।

सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

दाह संस्कारका लागि वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने उनको भनाइ छ । उनले अहिले पशुपति आर्यघाटमा १२–१५ हजार तिरेर दाउरा किन्नुपर्ने अवस्था रहेको र अब छिट्टै नि:शुल्क दाउरा उपलब्ध हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *