प्रदेश नं. १

उपमहानगरपालिका मातहतमा धरानबासीले पाउने भए खानेपानी

धरान। धरानमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको शाखालाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ ।

उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएको सार्वजनिक नगरिए पनि सोमबारदेखि मर्ज गरिएको बोेर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई बोर्डमा हस्तान्तरण गरिएको छ ।


गाभिएका विषयमा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर नगरवासीलाई जानकारी गराउने तयारी भएको निर्देशक पोखरेलले जानकारी दिए । संस्थानका कुन–कुन कर्मचारी बोर्डमा रहने र कोको संस्थामै फर्कने भन्ने कर्मचारीलाई रोज्न लगाइएको बताइएको छ ।

यसअघि ४३ कर्मचारी बोर्डमा रहन इच्छुक भएका थिए । सोही अनुसार नामको सूची बोर्डमा पठाइएको थियो । पछिल्लो समय संस्थान जिम्मा लिएर बोर्डमा मर्ज नगरेको भन्दै कार्यपालिका बैठक र गएको नगरसभाको उद्घाटनको दिन चर्र्को विरोध भएपछि सभा नै स्थगित भएको थियो ।

यसपछि नगरप्रमुखलाई संस्थानको सम्पत्ति तथा दायित्व छिटो जिम्मा लिन दबाबमा परेका थियो । जनप्रतिनिधिले आठौं नगरसभा रोक्ने गरी विरोधमा उत्रिएपछि फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्वार प्रणालीबाट पानी खुवाउने प्रतिबद्धता उनले जनाएअनुसार मर्ज गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट