प्रदेश नं. १

प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’को उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को मंगलबार उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् ।

भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।

नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए ।

उनकाअनुसार हालसम्म नगरपालिकाभित्र ३ सय ६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालु आर्थिक वर्षमा ५ सय घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २ सय ६ घर निर्माणाधीन रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *