रिबन

थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।


अहिलेसम्म कुल २ लाख ७४ हजार २९४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९७४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ५४३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १२७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ७० हजार ११२ पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ५८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९७४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७७७ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *