खेलकुद

पहिलो पारीमा अफगानिस्तान १३१ रनमा समेटियो

जिम्बाब्वेविरुद्धको पहिलो टेष्टमा अफगानिस्तानले खराब प्रदर्शन गरेको छ । अफगानिस्तान टेष्टको पहिलो पारीमा १ सय ३१ रनमा समेटिएको हो ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४७ ओभरमा १ सय ३१ रन बनाएको थियो ।

अफगानिस्तानका लागि अफ्सन जजाइले ३७, इब्राहिम जार्डनले ३१, अमिर हाम्जाले १६, अफ्घान अस्घरले १३ तथा मुनिर अहमदले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा जिम्बाब्वेका ब्लेसिङ मुजरबानीले ४ तथा भिक्टोर न्युचीले ३ विकेट लिए ।

अफगानिस्तानलाई १ सय ३१ रनमा समेटेर पहिलो इनिङ्सको सुरुवात गरेको जिम्बाब्वेले यो समाचार तयार पार्दासम्म १ विकेटको क्षतिमा १४ रन बनाएर खेलिरहेको छ । जिम्बाब्वेका केभिन कसुजा शून्य रनमा आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *