समाचार

भट्टराई स्वास्थ्य परीक्षणपछि स्वदेश फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किएका छन् ।

डा. भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए । उनी उपचारपछि स्वदेश फर्किएका हुन् ।

न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकापछि उनी स्वास्थ्य परिक्षण तथा उपचारका लागि भारत पुगेका थिए । ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *