राजनीति

दुई तिहाइका साथ सिंहदरबार फर्किन्छुः ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दुईतिहाइका साथ सिंहदरबार फर्किने बताएका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले आफूलाई कसैले सके सरकारबाट हटाउन चुनौती दिएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छ् ।’

‘डेढ–दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु,’ ओलीले भने, ‘त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।’ ओलीले अदालतमा आफू मुद्दा हाल्न नगएको भन्दै अदालतको आदेश पालना गर्न तयार रहेको बताए । उनले फागुन २३ गते प्रतिनिधिसभा बैठक डाकिएको र त्यसमा आफ्नो सकारात्मक भूमिका हुने बताए। अधिवेशन अघि बढाउने प्रयासमा आफ्नो नकारात्मक भूमिका नहुने उनको भनाइ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *