
काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप थप ५० लाख डोज सरकारले खरिदका लागि प्रक्रिया सुरु गरेको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
उनले भने ‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं’ नेपालले हालससम्म जिटुजी मार्फत नै २० लाख डोज खोप खरिद गरेको छ । जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी रहेको छ ।
नेपाललाई भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरिसकेको छ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख डोज खोप यही साताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउनेछ ।