
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरू भएको छ । फागुन २३ गतेदेखि सुरू हुने प्रतिनिधिसभा अधिवेशनको रणनीति तय गर्न बैठक बसेको जनाइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् ।
केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्ताव, अन्य दलसँग गरिने सहकार्य, पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगमा विचाराधीन विषयमा समेत छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीलाई हटाउने विकल्प सीमित भएपछि प्रचण्ड–माधव समूहले कांग्रेस र जसपासँग मिलेर ओलीविरुद्ध संयुक्त प्रस्ताव ल्याउने रणनीति बनाएको छ ।