समाचार

सुवास नेम्वाङ निलम्बन, संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सुवासचन्द्र नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।

-प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलकाे नेताबाट हटाउने नेकपा दाहाल-नेपाल खेमाकाे स्थायी समितिकाे निर्णय केन्द्रीय कमिटीद्वारा अनुमोदन गरेको छ ।

प्रचण्ड–माधव समूहले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिनसमेत निर्देशन दिएको छ। आगामी आइतबार प्रतिनिधिसभा बैठक आह्वान गरिएकाले त्यसअघि नै उपनेताबाट राजीनामा दिन प्रचण्ड–माधव समूहले निर्देशन दिएको हो । उपनेता सुवास नेम्बाङ र सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *