
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले सातजना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । सो समूहको बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले महेश बस्नेत, सूर्य थापासहित आधा दर्जन केन्द्रीय सदस्यलाई कारवाही गरेको हो ।
पार्टी गतिविधिमा रोक लगाउने गरी उनीहरुलाई कारवाही गरिएको छ । कारवाहीमा पर्ने नेताहरुमा विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, शान्ता चौधरी, प्रभु साह र कर्ण थापा रहेका छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपामा विभाजन आएको थियो । जसअनुसार अहिले कारबाहीमा परेका सबै नेकपा ओली समूहका केन्द्रीय सदस्य हुन् ।