प्रदेश नं. १

प्रदेश १ को भोलि बस्ने बैठक स्थगित, चैत २ गतेलाई मिति सारियो

काठमाडौं । फागुन २० गतेका लागि तय भएको प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै आगामी चैत २ गते बैठक बस्ने जानकारी गराइएको छ ।

कुनै कारणविनै प्रदेश सभा बैठक सारिँदै आएको छ । प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको प्रक्रिया अघि बढ्ने भयले नेकपा ओली समूहले प्रदेश सभा बैठक सार्दै आएको हो । नेकपा प्रचण्ड–माधव नेपाल समूहले राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *