राजनीति

संसदीय दलको नेताबाट ओली र उपनेताबाट नेम्वाङलाई हटाउने दाहाल–नेपाल समूहको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङलाई हटाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेताबाट ओलीलाई र उपनेताबाट नेम्वाङलाई हटाउने प्रस्ताव पारित गरेको हो।

यसैगरी सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको नेता भीम रावलले जानकारी दिए । यसैगरी ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ ।

नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई, शान्ता चौधरी, प्रभु शाह र कर्णबहादुर थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको नेता वर्षमान पुनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *