रिबन

काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छः सभापति देउवा

भरतपुर । प्रधानमन्त्री बन्न प्रस्ताव आए पछि नहटने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘नेपाली कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए म पछि हट्दिनँ ।’ उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

त्यसभन्दा अघि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि भए पनि पार्टी सरकारमा जानुपर्ने बताएका थिए । उनले भने, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्नेछ ।’

कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ हुँदैन । महामन्त्री डा कोइरालाले भने, ‘नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै नेकपा फुट्यो भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *