समाचार

गोगंवु हत्या काण्डकी अभियुक्तलाई आजीवन कारावासको सजाय

काठमाडौं । गत साउन २५ गते काठमाडौको गोगंबुमा कृष्णबहादुर बोहोराको विभत्स हत्यामा संलग्न अभियुक्त कल्पना मुडभरी पौडेललाई काठमाडौ जिल्ला अदालतले आजीवन कारावास सजाय तोकिएको छ भने छोरीलाई सफाई दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको हो । अदालतले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको काठमाडौ जिल्ला अदालतले जनाएको छ ।

गोङ्गबुमा कृष्णबहादुर बोहरालाई कल्पनाले आफ्नै कोठाभित्र हत्या गरेकी थिइन । बोहोराको शब शरीर र टाउको छुट्टिएको अवस्थामा विष्णुमति किनारमा फेला परेको थियो । कल्पनाले बोहराको घाँटी रेटी हत्या गरेर शरीर टाउको छुट्टा छुट्टै सुटकेशमा हाली खोलामा फालेकी थिइन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् ।

त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् । हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई आजीवन कैद फैसला सुनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *