समाचार

सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सभापति देउवाले आज अपराहन्न मिनभवनस्थित निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

सभापति देउवाले खोप लगाएपछि भनेका छन् – 

‘आज मैले पनि निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाए । आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि अनुरोध गर्दछु । महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *