खेलकुद

अफगानिस्तानविरुद्धको पहिलो टेस्टमा जिम्बाबेको १० विकेटको जित

काठमाडौँ । जिम्बाबेले अफगानिस्तानविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा १० विकेटको जित हासिल गरेको छ ।


युएईमा जारी टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टको दोस्रो दिन अफगानिस्तानले दिएको १७ रनको लक्ष्य पछाएको जिम्बाबेले कुनै विकेट नगुमाउदै लक्ष्य पुरा गरेको हो ।

अफगानिस्तानले पहिलो इनिंगमा १३१ र दोस्रो इनिंगमा केबल १३५ रन बनाएको थियो । त्यस्तै जिम्बाबेले पहिलो इनिंगमा २५० रन बनाएको थियो ।

यो जितपछि जिम्बाबे २ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।अब सिरिजको दोस्रो खेल मार्च १० मा खेल्ने छ ।

अफगानिस्तान र जिम्बाबेले ३ खेलको टी-२० सिरिज पनि खेल्दै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *