
काठमाडौं ।कोरोना भाइरसविरुद्धको खोप लगाउन काठमाडौं महानगरपालिकाले वडाअनुसार खोप लगाउने केन्द्र तोकेको छ।
फागुन २३ देखि चैत १५ गतेसम्म लगाइने खोप अभियानको लागि
महानगरभित्र रहेको विभिन्न अस्पताललाई खोप केन्द्र तोकिएको हो ।
५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालकरसहचालकका लागि वडाअनुसार विभिन्न खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइने जानकारी महानगरले दिएको छ।
परिचय खुल्ने फोटोसहितको परिचयपत्र लिएर खोप केन्द्र जान सकिनेछ।
