रिबन

प्रधानमन्त्री ओलीले आज सुनकोसी–मरिन डाइभर्सनको शिलान्यास गर्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना घोषित सुनकोसी–मरिन डाइभर्सनको आज शिलान्यास गरिने भएको छ । आयोजना शिलान्यास गर्न आज प्रधानमन्त्री केपी ओली सिन्धुली जान लागेका जाँदैछन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटारमा आयोजनाको शिलान्यास समारोह आयोजना गरिएको छ ।

प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, चिनियाँ राजदूत होउ यान्छीलगायत सिन्धुली जानेछन् ।

सरकारले ०७६÷०७७ को बजेटमा सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । आयोजना निर्माणका लागि दुई अर्ब ५ करोड रुपैयाँको बजेट समेत विनियोजन भइसकेको छ । सो आयोजना बनेपछि मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाइ सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ ।

सुनकोसी नदीको पानी मरिन हुँदै बागमतीमा मिसाइ तराईमा सिंचाइको व्यवस्था मिलाउने गरी आयोजना निर्माण सुरु गरिएको छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले आयोजनाको सुरुङ खन्ने ठेक्का १० अर्बमा पाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *