समाचार

अवरुद्ध बेलहिया नाका खुल्यो

बुटवल । भारतीय बजार सुनौलीतर्फ जादै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सीमा नाका बेलहिया दुई देशका सुरक्षा प्रमुखको समझदारी पछि खुलेको छ ।


सुनौली जादै गर्दा बेलहियाकी एक महिलालाई भारतीय सुरक्षाकर्मीले चेकजाँचका नाममा ती महिलाको कपडा च्यादिएपछि सिमानाका बेलहियामा तनाव सिर्जना भएको थियो ।

भारतीय सुरक्षाकर्मीको ज्यादती पछि नेपाली पक्षको ठुलो सङख्यामा उपस्थित हुदै नाका घेराउ गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा महाराजगंजका सुरक्षा प्रमुख डि.एम र एसपी सहितले छलफल गरेका थिए ।

छलफलमा महिलामाथि भएको अभद्र व्यावहारका बिषयमा आवश्यक अनुसन्धान गर्ने तथा सीमा क्षेत्रमा देखिएको सामान्य घटनालाई सामान्य ढङगले नै समाधान गर्ने गरी समझदारी भएपछि नाका खुलेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

उनले ईलाका प्रहरी कार्यालय बेलहियामा दुई देशका सुरक्षाप्रमुखको छलफलमा दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए ।

समझदारी पछि अहिले नाका पुर्ण रुपमा सुचारु भएको छ । स्थानीय महिला माथि भएको अभद्र व्यवहारको बिरोधमा सयौंको सङख्यामा सीमा नाका बेलहियामा स्थानीय जम्मा भएर बुधबार साझ दुई घण्टा बढी नाका पुर्ण रुपमा बन्द गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *